जन्म दिनमा पुटिनलाई ट्र्याक्टर  उपहार
फाइल तस्बिर

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७० औँ जन्म दिनमा अनौठो उपहार प्राप्त गरेका छन् । युक्रेनविरुद्ध ७ महिनादेखि हमला गरेका पुटिनले ट्र्याक्टर  उपहार प्राप्त गरेका हुन् ।

पुटिनका बेलारूसी सहयोगी अलेक्जेन्डर लुकासेन्कोले सो उपहार दिएका हुन् । रुसी सहर पिटर्सवर्गको भ्रमणका क्रममा लुकासेन्कोले उक्त उपहार दिएका हुन् । पुटिनलाई ट्र्याक्टर  उपहार दिएको लुकासेन्कोले पुष्टि गरेका छन् । 

युरोपको स्व–शैलीका ‘अन्तिम तानाशाह’ लुकासेन्को सन् १९९४ देखि सत्तामा छन् । युक्रेनमा रुसी हमलाको उनले समर्थन गर्दै आएका छन् । लुकासेन्को पुटिनका निकट मित्रसमेत हुन् ।
 





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार ११:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया