खोटाङमा गठबन्धनबाट संघमा पासाङ, प्रदेशमा बीलबलकाजी र भूपेन्द्रको मनोनयन

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा गठबन्धन दलले संयुक्त रुपमा उम्मेदवारी दर्ता गरेका छन् । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् ।

यस्तै, गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि गठबन्धन दलका उम्मेदवार र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । 

यस्तै, गठबन्धन दलका उम्मेदवारविरुद्ध कांग्रेसले नै बागी उम्मेदवारी दिँदै छन् । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेश (क) मा सुवासकुमार पोखरेल र प्रदेश (ख)मा धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । 





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १८:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया