बझाङमा २२ जनामा सात जनाको ‘स्वतन्त्र’ उम्मेदवारी

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ बझाङमा उत्साहजनक रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । प्रतिनिधिसभा तर्फ १० जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा तर्फ १२ जनाले गरी जम्मा २२ जनाले मनोनयन दर्ता गराएका छन् । 

प्रतिनिधिसभाका लागि १० जनामध्ये ४ जना स्वतन्त्र मनोनयन दर्ता गरेका हुन् । प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, नेकपा एमालेबाट ऐन महर, राप्रपाबाट विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेमराज जोशी, राप्रपा नेपालबाट कृष्णबहादुर सिंह, जनता समाजवादी पार्टी जसपा बाट रामबहादुर जाग्रीले मनोनयन दर्ता गराएका हुन् । सत्तागठबन्धन विरुद्ध नेपाली कांग्रेसका पूर्व पार्टी सभापतिसमेत रहेका हर्कजंगबहादुर सिंह, माओवादी केन्द्रका लोकेन्द्रबहादुर धामी निर्मलले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यस्तै  डम्बरबहादुर खड्का, रामचन्द्र राना क्षेत्रीले पनि स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यका लागी मनोनयन दर्ता गराएका हुन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र क तर्फ नेकपा एमालेका अफिलाल ओखेडा, गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, राप्रपाबाट हरिलाल भट्टराई, राप्रपा नेपालबाट कणर्बहादुर खड्का, नेस्नल पिपुल्स पार्टीबाट भीमबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्रबाट जगतप्रसाद जोशी, जयभक्त जोशीले पनि मनोनयन दर्ता गराएका छन् । 

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ख मा नेकपा एमालेबाट एलबी रावल, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी, राप्रपाबाट विरेन्द्र मल्ल, नेपाली कांग्रेस बिपीबाट निर्मला कुमारी विकले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा निर्वाचन क्षेत्र ख मा स्वतन्त्रबाट गणेश भण्डारीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार ७:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया