नवौं राष्ट्रिय खेलकुदः पुलिसको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुदकाे महिला क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । उसले समूह ‘बी’अन्तर्गतको खेलमा  डिएल मेथड अनुसार कर्णाली प्रदेशलाई ६३ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

१११ रनको लक्ष्य पछ्याएको कर्णालीले १०।२ ओभरमा ७ विकेट गुमाउँदै १७ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएपछि राष्ट्रिय स्तरको प्रतियोगितामा डेब्यु खेल खेलिरहेको पुलिस डिएल मेथडका आधारमा विजयी घोषित भएको हो ।  

कर्णालीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका लागि दिक्षा पुरीले अविजित रहँदै सर्वाधिक ७ रनको योगदान दिइन् । 

पुलिसका लागि सबनम राई, हिरन्माई रोय, इश्वरी विष्ट, कविता जोशी र संगिता राईले १–१ विकेट हात पार्दा २ विकेट रन आउटका रुपमा प्राप्त भयो । त्यसअघि पोखरमा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो । 

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई १६ ओभरमा झारिएको हो । पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । 

काजल श्रेष्ठ र कविता कुँवरले १६–१६ तथा कविता जोशीले १४ रन जोडे । कर्णालीका लागि अन्जु गुरुङले ३ तथा विना थापा र अञ्जली क्षत्रीले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो । 



यो जितसँगै पुलिसले २ अंक जोड्दा कर्णालीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
 



  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १३:३९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया