यस्तो छ ‘महापुरुष’को ट्रेलर

महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो ।

कमेडी जनरामा बनेको ‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लिड रोल रहेको छ । ट्रेलरमा बाबु र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रौढ प्रेमलाई मर्मस्पर्शी ढंगले देखाइएको छ ।

प्रदीप भट्टराई निर्देशित महापुरुषको ट्रेलरले नै चलचित्र पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित रहेको स्पष्ट पार्छ । अभिनेता आचार्य र अभिनेत्री गौरी मल्ल तथा मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण श्रेत्री, अञ्जना बराइली प्रभावकारी देखिएका छन् ।

यसअघि दर्शकबाट राम्रो रेस्पोन्स आइरहँदा महापुरुषको इन्टरनेट ट्रेलर रिलिज गरिएको थियो । केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलसँगै विभिन्न फेसबुक पेज र एकाउन्टमार्फत इन्टरनेटमा ट्रेलर रिलिज गरिएको हो । 

हलभन्दा फरक ट्रेलर इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मको कथासार स्पष्ट पारिएको छ । दुई परिवारको कथा ट्रेलरमा देखाइएको छ । दुई उमेर समूहको प्रेमभाव समेत यसमा देख्न सकिन्छ । 

यो सिनेमा ११ कात्तिकमा विश्वभर एकसाथ रिलिज हुनेछ । फ्यामिली ड्रामामार्फत समाजमा विधमान सोचलाई भत्काउने प्रयास गरिएको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईले बताए ।



 ‘समाजको महत्वपूर्ण विषयमा फिल्मी शैलीमा सरल रुपले देखाउने प्रयास गरेका छौँ । हामीले फिल्मलाई अभिभावकको आँखाबाट देखाउने छौँ । यसलाई स–परिवार बसेर हेर्न सक्नुहुनेछ,’ निर्देशक भट्टराईले भने । 



  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १७:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया