logo-img

उम्मेदवारी फिर्ता लिँदै धामीले भने - बझाङलाई बनाउन महरलाई समर्थन गर्छु

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन विरूद्ध बागी उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र धामी (निर्मल)ले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

आफू आगामी निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका ऐन महरलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका छन् । 

‘हामीले बझाङलाई  समृद्ध बनाउनु छ । यहाँको विकासको नेतृत्व गर्नुपर्ने अभिभारा हाम्रो काँधमा छ । त्यसैले यो निर्वाचन बाट सक्षम र सशक्त नेतृत्व निर्वाचित  गर्नु पर्ने जिम्मेवारी बोध गर्दै मैले नेकपा एमालेका तर्फ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमरेड ऐन महरलाई समर्थन गर्दै मेरो उम्मेदवारी फिर्ता लिएको जानकारी सम्पूर्ण बझाङ बासी आमा बुवा दिदीबहिनी तथा दाजु भाइहरूलाई जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन् । 





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १२:५८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया