माओवादीको कार्यदलले प्रचण्डलाई बुझायो घोषणापत्रको मस्यौदा

नेकपा माओवादी केन्द्रको घोषणापत्र तयार पार्न गठित कार्यदलले घोषणापत्रको मस्यौदा टुंग्याएको छ ।

माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र कार्यदल बनाएको थियो । बिहीबार बसेको कार्यदलको बैठकमा घोषणा पत्र मस्यौदामाथि छलफल भएको थियो ।

बैठकमा घोषणा पत्र निर्माण कार्यदलका सदस्य डिपी ढकालले घोषणा पत्रको मस्यौदाबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका थिए ।

‘अध्यक्षको उपस्थितिमा केही नीतिगत कुराहरुमा सामान्य छलफल गरेर अध्यक्षलाई घोषणा पत्रको मस्यौदा बुझाएको ढकालले बताए । 

उक्त मस्यौदालाई पार्टीको पदाधिकारी बैठकमा छलफल गरी अनुमोदन गरेपछि प्रकाशन गर्ने उनले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार २१:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया