नवौं राष्ट्रिय खेलकुदः लुम्बिनीलाई हराउँदै गण्डकी फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु टोली गण्डकी प्रदेशले पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ ।

गण्डकीले शुक्रबार भएको पहिलो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उसका लागि चन्द्र थापाले सर्वाधिक १८ गोल गरे । 

अब, गण्डकीले विभागीय टोली नेपाल आर्मी र एपिएफबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग स्वर्ण पदकका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।





  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १३:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया