नवौं राष्ट्रिय खेलकुद : प्रदेश १ को पहिलो जित
फाइल तस्बिर

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा प्रदेश १ ले पहिलो जित हात पारेको छ । उसले समूह ‘बी’ अन्तर्गतको खेलमा कर्णाली प्रदेशलाई ७ विकेटले हराउँदै पहिलो जित हात पारेको हो । 

५४ रनको लक्ष्य प्रदेश १ ले ६.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि निशा शाहले १८ र लकिता राजवंशीले अविजित १४ रनको योगदान दिए । 

कर्णालीका लागि यमुना थारु र अञ्जु गुरुङले १–१ विकेट हात पर्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो । 

उसका लागि यमुना थारुले सर्वाधिक २१ तथा कप्तान विना थापाले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन् । प्रदेश १का लागि लकिता राजवंशीले ४,अलिशा खडियाले ३ तथा निशा शाह र हेमवती रोयले १–१ विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै प्रदेश १ ले ३ खेलमा ३ अंक जोड्दा पराजित कर्णाली समान खेलबाट अंक विहिन छ । 





  • प्रकाशित मिति : असोज २८, २०७९ शुक्रबार १६:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया