नवौं राष्ट्रिय खेलकुदः सेपाकताक्रोमा आर्मीलाई दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सेपाकताक्रोमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दुई स्वर्ण हात पारेको छ ।

आर्मीले नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगिताको पुरुष र महिला डबल दुवैमा स्वर्ण पदक हात पारेको हो  ।

पुरुषतर्फको डबलमा आर्मीले प्रदेश १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण जित्यो । प्रदेश १ रजतमा सिमित बन्दा बागमतीले कास्य पदक हात पारेको छ । 

महिला डबलतर्फ पनि आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । बागमतीले रजत र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् ।

महिला र पुरुषका फरक–फरक ३ विधामा हुने सेपाकताक्रो खेलमा प्रदेश १,बागमती, गण्डकी,लुम्बिनी,कर्णाली, सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबका ९८ खेलाडीले भाग लिएका छ्न् ।





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १४:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया