चीन र अमेरिकाले नेपालको भूमिलाई जुनसुकै बेला कुरुक्षेत्रमा परिणत गर्न सक्छन् : सिपी गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सत्तारुढ पाँचदलीय गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असफल बनाएर लुटतन्त्र मचाएको आरोप लगाएका छन् ।

आइतबार जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गजुरेलले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको नाममा दलहरुले भागवण्डाको राजनीति गरेर जनताप्रतिको उत्तरदायित्व बिर्सेको आरोप लगाएका हुन् । 

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका नेता गजुरेलले अहिलेको राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको मुल मर्म र आदर्शसमेत त्याग गरेको जिकिर गरे । 

उनले भने, ‘गठबन्धनको नाममा मुलुकमा लोकतान्त्रिक गणतन्त्र रहेन, पार्टीगत हिसाबले सरकार बनाउने खेल हुन्छन्, तर यहाँ त्यो पनि भएन, स्थानीय तहको निर्वाचनमा पनि शेरबहादुर देउवा चितवन पुगेर प्रचण्डको छोरीको मत माग्दै गोलाकार भित्रको हसिया हथौडामा मतदान गर्न भने र प्रचण्डले पनि अर्को क्षेत्रमा पुगेर गाछीको मत मागे, जसले गर्दा जनताले अहिले पार्टी भन्दा पनि कुन गठबन्धनको हो भनेर उम्मेदवारलाई नै सोध्ने अवस्था आएको छ ।’

उनले दलहरुले अंशवण्डा र भागवण्डाको राजनीतिक गरेर मुलुकमा अस्थिरता निम्त्याउँदै व्यक्तिवादी राजनीतिक गर्न चाहेकाले देशमा वैदेशिक हस्तक्षेप ह्वात्तै बढेकोप्रति चिन्तासमेत व्यक्त गरे ।

उनले मुलुकमा बहुदलीय व्यवस्था भनिएपनि बहुदलीय प्रतिस्पर्धा नहुनु र र पार्टीगत हिसाबले सरकार बनाउनुपर्नेमा व्यक्तिगतरुपमा एकले अर्काको पार्टीको चिन्ह र नेताको प्रचार गरेर मुलुकमा व्यक्तिवादी हावी हुँदै गएको बताए ।



उनले अघि थप्दै भने, ‘लोकतान्त्रिक व्यवस्था पार्टीले निर्वाचनमा सहभागी हुने हो, तर यहाँ पहिला नै अंशवण्डा र भागवण्डा गरेर पार्टीको अस्तित्वपनि समाप्त पार्ने गरि संसदीय व्यवस्थामा राजनीतिक दलहरु लागि परेका छन् ।’

नेता गजुरलेले राजनीतिक दलका नेताहरुको व्यक्तिगत स्वार्थकै कारण आफूहरुले बहिष्कारको अभियानलाई तिव्र पारेको बताए । उनले संसदीय राजनीतिक दलहरुले एमसीसी पारित गरेर मुलुकलाई कुरुक्षेत्र बनाउन खोजेको आरोपसमेत लगाए । 



उनले भने, ‘पहिला मुलुकमा भारतीय हस्तक्षेप हुदैँ आएको थियो, तर संसदबाट एमसीसी पारित भएपछि मुलुकमा अमेरिकी हस्तक्षेप पनि बढेको छ । जुनसुकै बेला पनि चीन र अमेरिकाले नेपालको भूमिलाई कुरुक्षेत्रमा परिणत गर्ने खेल संसदीय दलका नेताहरुले गरेका छन् ।’

  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १४:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया