राष्ट्रिय कीर्तिमानसहित कर्णालीलाई एक स्वर्ण दुई कास्य पदक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । जुम्लाका दुर्ग बुढाले एथलेटिक्स तर्फको ‘तीन हजार मिटर स्टेबल चेस’ पुरुष तर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिलाएका हुन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको ३ हजार मिटर स्टेबल चेस पुरुषमा कर्णाली प्रदेशका दुर्गाा बहादुर बुढाले राष्ट्रिय किर्तिमासहित स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा उनले नेपाल एपीएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । दुर्गाले निर्धारित दुरी ८ मिनेट ५५ सेकेण्ड १९ मा पार गरेका छन् । दुर्गाले सन् २००४ मा इस्लामावादमा राजेन्द्र भण्डारीले बनाएको कीर्तिमान तोडेका हुन् । राजेन्द्रले निधारित दुरी ८ मिनेट ५७:३० पार गर्दै किर्तिमान बनाएका थिए ।

रजत पदक जितेका अजितले निर्धारित दुरी ९ मिनेट २१:१० मा पार गरे। कास्य जितेका त्रिभुवन आर्मी क्लबमा सुवास काकीले ९ मिनेट २२:१५ मा दुरी पार गरे। यो स्पर्धामा १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यस अघि कर्णालीले दुई वटा कास्य पदक समेत जितिसकेको छ । ‘फुल कन्ट्याक्ट कराते’ र बक्सिङ्ग तर्फ एक–एक कास्य पदक जितेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार ११:१९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया