बढ्यो सुनचाँदीको मूल्य

कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला एक सय रुपैयाँ बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । हिजो तेजाबी सुनको मूल्य तोलाको ९२ हजार आठ सय रुपैयाँ थियो ।  

चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ रहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १२:३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया