logo-img

धनुषा ३ का यी उम्मेदवार जसले हाल्न पाउने छैनन् आफैंलाई भाेट

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका धनुषाका केही ‘हेभिवेट’ उम्मेदवारहरूले आफैंलाई भोट हाल्न नपाउने भएका छन् । 

मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बन्दा उनीहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

उनीहरुले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन् । 

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा दुई पूर्वमन्त्रीसहित ३१ जना चुनावी मैदानमा रहेपनि मुख्य प्रतिस्पर्धीले नै आफैंलाई मतदान गर्न पाउने छैनन् । 

नेकपा एमालेबाट उम्मेदवार रहेकी पूर्वमन्त्री जुलीकुमारी महतो र लोकतान्त्रिक समाजवादी पार्टीबाट सत्ता गठबन्धनका उम्मेदवार अनिलकुमार झाले आफैंलाई मतदान गर्नबाट बञ्चित हुने भएका छन् ।

प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार महतो धनुषा क्षेत्र नम्बर–४ को भोटर हुन् । तर, उम्मेदवारी धनुषा–३ बाट दिएकी छन् । त्यस्तै, झा पनि रौतहट क्षेत्र नम्बर–१ का मतदाता हुन् । तर, उनको उम्मेदवारी धनुषा–३ बाट परेको छ । 



धनुषा–३ मा राष्ट्रिय राजनीतिका दुई ‘हेभिवेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । जुलीसँग लोसपा नेता अनिल झा चुनावमा उठेका छन् । जुलीलाई एमाले र जसपाको समर्थन छ भने अर्का नेता अनिललाई सत्ता गठबन्धनको समर्थन छ । 

मतदाता नामावली भएका क्षेत्रभन्दा फरक ठाउँमा मत दिन नपाउने व्यवस्थाअनुसार उनीहरु दुबैजनाले आफैँलाई मत हाल्न नपाउने भएका हुन् ।



  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १५:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया