logo-img

नवाैं राष्ट्रिय खेलकुद: एपिएफले जित्याे महिला भलिबलकाे स्वर्ण


नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलमा विभागीय टोली नेपाल एपिएफ क्लबले स्वर्ण जितेको छ ।

म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो ।

पहिलो र दोस्रो सेट २५-१९ र ३०-२८ ले जितेको एपिएफले तेस्रो सेट २४-२६ ले गुमाएको थियो । उसले चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै स्वर्ण जितेकाे हो ।

त्यस्तै,घरेलु टाेली गण्डी प्रदेशलाई ३-१ काे सेटमा हराउँदै बागमती प्रदेशले कास्य पदक जितेको छ ।





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १८:१९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया