logo-img

धनुषामा तस्करीको सरसामान ओसारपसार गर्न एम्बुलेन्सको प्रयोग

धनुषामा तस्करीको सरसामान ओसारपसार गर्न तस्करहरूले बिरामी बोक्ने एम्बुलेन्सको प्रयोग गरेको पाइएको छ । बिहीबार बिहान जनकपुरधामबाट एम्बुलेन्समा लोड गरिएको अवस्थामा तस्करीको सरसामानहरू प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो रहस्य बाहिरिएको हो । 

प्रहरीले बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका–१७ कटरैतबाट तस्करीको सरसामानसहित एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

बिहान ४ बजेको समयमा सो ठाउँमा केही स्थानीयवासी र सो एम्बुलेन्स चालकबिच वादविवाद भइरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले श्री माई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित मे.१ च. ३५० नम्बरको एम्बुलेन्समा भन्सार छली चोरी पैठारी गरी किरानाजन्य सामान तथा विभिन्न किसिमका पटाकाहरू लोड रहेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए । 

भारतको जयनगरबाट जनकपुरधामतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी एम्बुलेन्समा लोड गरेर ल्याइरहेको किरानाजन्य सामान तथा विभिन्न किसिमका पटाकाहरू नियन्त्रणमा लिइएको उनले बताए । एम्बुलेन्सका चालक प्रहरीलाई देख्ने बित्तिकै फरार भएको डिएसपी क्षेत्रीले जानकारी दिए । 

पक्राउ परेका सरसामानहरू अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र उक्त एम्बुलेन्स तथा सरसामान आजै भन्सार कार्यालय जनकपुरधाममा पठाइने डिएसपी क्षेत्रीले जानकारी दिए । 

यता, उक्त एम्बुलेन्स धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बस्ने वीरेन्द्र सिंह दनुवारको नाममा दर्ता रहेको नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश प्रसाद सिंहले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १३:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया