logo-img

एमालेको सरकार आएपछि कलंकी–चाबहिल बाटो ६ लेनको हुन्छ : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन् । 

काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको बताए ।

सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले जानकारी दिए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमती करिडोर निर्माण पनि छिट्टै सुरु हुने विश्वास व्यक्त गरे । धोबीखोला पुगेपछि सडक रातो पुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार २१:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया