logo-img

देउवाको गृह जिल्लामा चुनाव बहिष्कार गर्ने कांग्रेस वडा समितिको निर्णय

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मै वडा समितिले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

 जिल्लाको भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले ४ मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । 

वडाको समग्र विकासका लागि राखिएका माग विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
 
‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुना बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,’ थापामगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 







  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार ८:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया