यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज आइतबार विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ५७ पैसा र बिक्री दर ८२ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५९ पैसा र बिक्री दर ९६ रुपैयाँ २ पैसा र सिङ्गापुरे डलर एकको खरिद मूल्य ९२ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य ९२ रुपैयाँ ७८ पैसा रहेको छ । 

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ७८ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १२ पैसा र बिक्री दर ३५ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४२ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २७ रुपैयाँ ८६ पैसा र बिक्री दर २७ रुपैयाँ ९८ पैसा र कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीमा ९ रुपैयाँ १९ पैसा तोकिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार ९:५६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया