logo-img

म्यादी प्रहरीकाे माेटरसाइकल ठक्करबाट महिलाकाे मृत्यु

 म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा पर्साको बिन्दबासिनी गाउँपालिका-२ बस्ने ६० वर्षकी सरस्वति देवी कुर्मीको मृत्यु भएको हो ।

म्यादी प्रहरी पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ बस्ने ललनप्रसाद यादवले चलाएको ना १३ प ३५४४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महिलाको उपचारको क्रममा वीरगञ्जको एलएस न्युरोमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

ठक्कर दिने मोटरसाइकल र यादवलाई नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार ९:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया