logo-img

२७ वर्षपछि सूर्य ग्रहणमा देखिएको संयोग

नेपाली हिन्दूहरुको महान् चाड तिहारको लक्ष्मीपूजा सोमबार अधिकांशको घरमा मनाइयो । आज मंगलबार सूर्य ग्रहढा हुने भएकाले सोमबार लक्ष्मीपूजा घरघरमा मनाइएको हो । 

आजभन्दा ठिक २७ वर्षअघि पनि यस्तै भएको थियो । त्यति बेला पनि लक्ष्मीपूजाको भोलिपल्ट सूर्यग्रहण लागेको थियो ।

सन् १९९५ को त्यो वर्षमा पनि तुला राशीमा नै सूर्यग्रहण लागेको थियो । आज पनि तुला राशीमा नै सूर्यग्रहण लागेको हो । सन् १९९५ मा सूर्य ग्रहण लाग्दा तुला राशीमा एक साथ चार ग्रह रहेका थिए । आज पनि सूर्यग्रहण हुने समयमा राहु, सूर्य, शुक्र र चन्द्रमा तुला राशीमा रहनेछन् ।

त्यस्तै, २७ वर्षअघि शनि आफ्नो राशी कुम्भमा थिए भने यसपटक पनि शनि आफ्नै राशी मकरमा रहेका छन् । त्यस्तै, १९९५ मा बुध कन्या राशीमा थिए भने यसपटक पनि बुध कन्या राशीमा नै रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार १२:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया