समानुपातिकको बन्दसूचीबाट निर्वाचन आयोगले हटायो ५४८ जनाको नाम

निर्वाचन आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको बन्द सूचीमा परेका ५ सय ४८ जनाको नाम हटाएको छ । 

आयोगका अनुसार बन्दसूचीमा परेका तर विभिन्न कारणले अयोग्य भएकाको नाम हटाइएको छ । यसरी नाम हटाइएकामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्च नबुझाएकामा जरिवाना तोकिएकाहरू पनि रहेका छन् । 

कात्तिक ५ गतेसम्म जरिवाना तिर्ने अवसर दिए पनि नतिरेकालाई सूचीबाट हटाइएको हो । त्यसैगरी, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएकाको नाम हटाइएको आयोगले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार १८:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया