logo-img

डेंगीका कारण पत्रकार टेकको निधन

पत्रकार टेक मास्कीको डेंगीका कारण निधन भएको छ । बुटवलका पत्रकार टेक मास्की राना दुई साताअघि डेंगी भएसँगै अस्पताल भर्ना भएका थिए ।

४८ वर्षका रानाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो ।

स्याङ्जाका रानालाई डेंगी सँगसँगै मिर्गौलामा पनि समस्या देखिएको थियो । बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका रानाका तीन सन्तान छन् ।

उनले केही महिनाअघि क्यान्सरका कारण श्रीमती पनि गुमाएका थिए ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७९ बुधबार ७:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया