logo-img

बालिका बलात्कार आरोपमा युवक पक्राउ

बालिका बलात्कारको आरोपमा प्रहरीले बारामा एक युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्ने युवा २३ वर्षका हुन् । उनले १३ वर्षकी बालिकामाथि २३ असोजमा बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध बालिका पक्षले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

८ कार्तिकमा उजुरी परेसँगै प्रहरीले उनलाई अनुसन्धान गरेर पक्राउ गरेको हो । 

पक्राउ परेका युवा एक अस्पतालमा काम गर्ने गरेको र बालिका त्यहाँ भर्ना भएका आफन्तलाई भेट्न आउँदा उनीहरुबीच भेट भएको बालिका पक्षले उजुरीमा उल्लेख गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १५:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया