आइटिटिएफ लेभल टु कोर्स सफलतापूर्वक सम्पन्न

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको आइटिटिएफ लेभल टु कोर्स आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । कुल १० दिनको कार्यक्रममा सहभागीले उच्च प्रदर्शन गरेका थिए ।
 
कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गरेकी हुन् । उनी आइटिटिएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन् । यस कार्यक्रमबाट नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति तयार भएको छ । 

कार्यक्रमपछि नेपालमा थप १३ लेभल टु प्रशिक्षक भएका छन् र त्यसमध्ये आठजनाले ‘अपग्रेड’समेत प्राप्त गरेका छन् । अब नेपालमा कुल ११ अपग्रेड लेभल टु प्रशिक्षक भएको छ र तिनीहरू लेभल थ्री प्रशिक्षणका लागि योग्य भएका छन् । 

लेभल टु प्रशिक्षकले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न सक्नेछन् । कार्यक्रम नेपाल ओलम्पिक कमिटीको सोलिडारिटी कार्यक्रमअन्तर्गत भएको हो । समापन समारोहमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले उच्च दक्ष जनशक्तिसहितका प्रशिक्षकले नेपालमा यो खेलको विकासमा योगदान पुग्ने बताए ।

त्यस्तै, दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव शंकर गौतमले यसपल्टको प्रशिक्षण कार्यक्रममा सफलताको प्रतिशत पहिलोपल्ट उच्च रहेको बताए । यस्तै, प्रशिक्षक चीले सहभागीलाई नेपालको टेबल टेनिस विकासमा संलग्न हुन अनुरोध गरे । 

यस्तै, समापन कार्यक्रमका मुख्य अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासका लागि दक्ष प्रशिक्षकको आवश्यकता रहेकोमा जोड दिँदै कार्यक्रममा सहभागीले नेपाली टेबल टेनिसको विकासमा टेवा दिने धारणा राखे ।
 





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १८:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया