logo-img

नेपालमा काम गर्ने भारतीयले श्रम स्वीकृति लिनैपर्ने

काठमाडौं– सरकारले नेपालमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन ताकेता गरेको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

प्रतिष्ठानको नाम, कार्यरत गैरनेपाली श्रमिक भए उनीहरुको नाम, पदसहितको विवरण हरेक महिना पठाउनसमेत विभागले निर्देशन दिएको छ ।

नेपालमा थुप्रै भारतीय नागरिक विना श्रम स्वीकृति काम गरिरहेका छन् । खुला सिमानाका कारण अधिकांश भारतीय श्रमिक औपचारिक प्रक्रियाबेगर नै नेपाल आई काम गर्न थाल्छन् । 

सबै विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिनुपर्ने नियम भए पनि यसअघि सरकारले भारतीय नागरिकले स्वीकृति लिए/नलिएकोमा खासै चासो दिने गरेकाे थिएन । 





  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार २०:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया