निर्वाचन बहिस्कारको पोस्टर टाँस्दै हिँडेका माओवादी नेता पक्राउ

४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई बहिस्कार गर्न पोस्टर टाँस्दै हिँडेका नेकपा क्रान्तिकारी माओवादीका दुई नेता पक्राउ परेका छन् ।

मोहन वैद्य नेतृत्वको माओवादीका केन्द्रीय सदस्य बिमल निरौला र विद्यार्थी नेता महेश श्रेष्ठ मोरङमा बुधबार पक्राउ परेका हुन् ।

मोहन वैद्य नेतृत्वको यो पार्टीले देशभर निर्वाचन बहिस्कारको अभियान चलाएको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले पनि देशभर निर्वाचन बिथोल्ने बताएको छ ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार २१:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया