मंसिर ४ गते आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार

आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकूलताको सम्बन्धमा आकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो । 

गृह मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव प्रदीपकुमार कोइरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्यनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए । 

जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने र्यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने उनले बताए । सडक, खोला, नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको भनाइ छ । 

सम्भावित विपद्को आकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पादै उनले निर्वाचनको दिनसम्म सरकार सबै प्रकारको समस्या समाधान गर्न तयारी अवस्थामा रहने बताए । 

सहसचिव कोइरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्वसूचनाका आधारमा मौसमी प्रतिकूलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए । 
 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १५:११:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया