शम्भु थापाले सन्दीप लामिछानेमाथिको पक्षमा बहस गर्ने

वरिष्ठ अधिवक्ता शम्भु थापाले सन्दीप लामिछानेको पक्षबाट बहस गर्ने भएका छन् । सन्दीपको पक्षबाट वकालत गर्ने कानुन व्यवसायीको सूचीमा थापाको नाम यसअघि चर्चामा थिएन ।

बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर लामिछानेको मुद्दामा दोस्रो दिन बिहीबार पनि थुनछेक बहस चलिरहेको छ ।

सन्दीपकाे पक्षाबाट बुधबार वरिष्ठ अधिवक्ताहरू लव मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारीले बहस गरेका थिए । वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, रामकुमार माझीले पनि सन्दीपको पक्षबाट बहस गर्दै छन् । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भइरहेको थुनछेक बहसको पहिलो दिन बुधबार जाहेरवालाको तर्फबाट ७ जना र सन्दीपको पक्षबाट २ जनाले बहस गरेका थिए ।


 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १५:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया