एमाले अध्यक्ष ओली धनगढीमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न दार्चुला जाने क्रममा बिहीबार उनी धनगढी पुगेका हुन् ।

अध्यक्ष ओली भोली दार्चुलामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले बताए । 

ओलीले आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थालेको छ । ‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो,’ प्रदेश सचिव पाठकले भने, ‘त्यो हाम्रो ठूलो उपलब्धि पनि हो । त्यसैले चुनावी अभियान पनि दार्चुलाबाटै सुरु गरी हाम्रो भूमि हाम्रै अधिकारमा ल्याउन पहल गरिने सन्देश दिइनेछ ।’

दार्चुला सदरमुकाम खलंगामा भोलि बिहान ११ बजे अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । भोलि नै ओलीले २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने सभामा पनि सम्बोधन गर्ने कार्यतालिका रहेको सचिव पाठकले बताए ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार २०:३९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया