logo-img

कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप मंसिर दोस्रो साता हुने

पाँचौं संस्करणको ‘कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप’ मंसिर दोस्रो साता आयोजना हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा हुने प्रतियोगिता मंसिर ९ गते आयोजना हुने आर्मीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 

२०७१ सालबाट आयोजना हुँदै आएको प्रतियोगिता अन्र्तगत यस संस्करण धादिङको बैरेनीबाट सुरु भई दरौंदीसम्म रहेको छ । सहभागिताका लागि थुप्रै टोलीले आवेदन दिएपनि प्रतियोगितामा २५ टोलीलाई सहभागी गराउने आयोजकको भनाई छ । सहभागिताका लागि मंसिर ३ गतेसम्म आवेदन भर्ने समय सीमा भएको सोही दिन अन्तिम नामावली प्रकाशन गरिने आयोजकले  पत्रकार सम्मेलनमा जानकारी दियो । 

सहभागिताका लागि आर्मीले शुरुवातमा छनोट प्रक्रिया पूरा गरेपछि मात्र आवेदन लिने बताएको छ । प्रतियोगितका लागि नेपाल बाहेक भारत, पाकिस्तान, श्रीलंका, इङ्ल्याण्ड, बंगलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायले सहभागिता जनाउँदै छन् । 

विदेशबाट सहभागी हुने टोलीले आर्मीले व्यवस्थापन गर्नेछ । खुला प्रतिष्पधा हुने विधामा हरेक टोलीमा चार खेलाडी हुनुपर्ने प्रावधान यस संस्करणमा निरन्तरा दिइएको छ । सहभागी टिमले तीन चरणमा गरी ४३.७ किमी  दूरी पार गर्नुपर्नेछ । 

जसअन्तर्गत ६.७ किमी दौड, २६ किमी साइकिलिङ र ११ किमी र्याफ्टीङ रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । सहभागि टोलीका सबै सदस्यले दूरी पार गरेको अवस्थामा मात्र विजयी घोषणा गरिनेछ । एक दिने प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित च्याम्यिन ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ५० हजार, तेस्रोले १ लाख, चौथोले २० हजार र पाँचौले १० रुपैयाँ पाउनेछन् । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार ११:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया