श्रीमती हत्या गरेकाे आराेपमा पक्राउ

ओखलढुंगाको सिद्धिचरण नगरपालिक–११ सोब्रुमा एक महिलाका हत्या भएको छ । श्रीमान रामबहादुर राईले चिर्पट प्रहार गर्दा ३३ वर्षीय कल्पना खड्का राईको ज्यान गएको हो ।

श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिर्पट प्रहार गरेको बुझिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका घर भई ३ वर्षअघि देखि यहाँ बसोवास गर्दै आएका आरोपित राईलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ ७ बजेतिर घटना घटेको भए पनि स्थानीयले प्रहरीलाई शनिबार बिहान मात्रै खबर गरेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको र शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १४:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया