गुल्मीमा विष्टलाई छाडेर एमालेका गौतमले रामकुमारीलाई सघाउने

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले एमालेका उम्मदेवारलाई होइन, यो प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सहयोग गर्ने भएका छन् ।

उनले गुल्मी २ मा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवरालाई झाँक्रीलाई सघाउने पत्रकार सम्मेलन गरेर घोषणा गरेका हुन् ।

उनले नेकपा एमालेका सचिवसमेत रहेका उम्मेदवार गोकर्ण विष्टले कुनै समय आफ्नै पार्टीका प्रधानमन्त्री ढलाउन सर्वोच्च अदालतसम्म पुगेकाले नैतिकता गुमाएको उल्लेख गरेका छन् । नैतिक पतन भएका व्यक्तिलाई आफूले सघाउन नसक्ने पनि उनले बताएका छन् ।

विष्टले आत्मालोचना पनि नगरेकाले आफूले यो निर्णय लिएको उनले बताएका छन् । अनि उनले आफूलाई पार्टीले कारवाही गरे त्यसको परिणाम भोग्न आफू तयार रहेको बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १२:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया