विश्वका हेर्नैपर्ने विमानस्थलको सूचीमा लुक्ला तेस्रो स्थानमा

विश्वका ६ हेर्नैपर्ने विमानस्थलको सूचीमा नेपालको तेन्जिङ–हिलारी विमानस्थल पनि समावेश भएको छ । उड्डयन क्षेत्रमा कार्यरत बेलायती संस्था आर्टेमिस एयरस्पेसले सूचीमा लुक्लालाई पनि समावेश गरेको हो ।

विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश छ । 

आर्टेमिस एयरस्पेसले भनेको छ, ‘सगरमाथाको प्रवेशद्वार यो विमानस्थल सुन्दर हिमालको बीचमा छ। यात्रुले हिमालको सुन्दर दृश्यावलोकन गर्न सक्छन् ।’

लुक्ला विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलका रूपमा विश्वभर परिचित छ । वरिपरि भिराला पहाडले घेरिएको, छोटो धावनमार्ग (एक हजार ७२९ फिट), छिनछिनमा बदलिने मौसमलगायतका कारण यो विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा पर्ने गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार ९:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया