नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केही तत्वले देशलाई पुनः अस्थिरतातर्फ लैजान खोजेको बताएको छन् । संविधान राम्रोसँग कार्यान्वयनमा नआउँदै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरू ठीक छैन भनेर नेपाललाई अस्थिरतातिर धकेल्न खोजिएको उनले बताए ।
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका सिंहले देशलाई अस्थिरतामा लैजान खोज्नेहरूप्रति सचेत रहन आह्वान गरे । देशलाई राजनीतिक स्थीरतामा लैजानकै लागि वाम–लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएको उनले बताए ।
राजनीति स्थिरता कायम गर्दै जनजीविका सहज बनाउने र आर्थिक सम्बृद्धिको एजेन्डा नै अबको प्राथमिकता भएको उनले बताए । ‘अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक सम्बृद्धिको बाटोमा अघि बढ्ने हो,’ सिंहले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।