बराबरीमा सकियो बागमती र मधेस प्रदेश बीचको खेल

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेश र मधेस प्रदेशबीच आज सम्पन्न खेल बराबरीमा सकिएको छ । 

१९१ रनको लक्ष्य पछ्याएको बागमतीले चार बल बाँकी छँदा सबै गुमाउँदै १९० रन नै बनाएपछि खेल बराबरीमा सकिएको हो । 

बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४० रनको योगदान दिँदा रीत गौतमले ३२ र इशान पाण्डेले ३१,सूर्य तामाङले २८,विवेक मगरले २५ रन जोडे । 

मधेसका लागि प्रदीप पास्वान र राजेश यादवले तीन–तीन र रुपेश सिंहले दुई तथा हरिशंकर शाह एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेस प्रदेशले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो ।

उसका लागि रोहन विकले ९४ बलमा ६ चौका र दुई छक्कासहित ६३ रनको अर्धशतकीय पारी खेले । सन्तोष कार्कीले २३,राजेश यादवले १६,कप्तान हरिशंकर शाहले १३ र विशाल शुस्लिङ्गले ११ रन जोडे । 



बागमतीका लागि नन्दन यादव र सूर्य तामाङले तीन–तीन तथा रामनरेश गिरी र प्रतिश जिसीले दुई–दुई विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यो नतिजासँगै तीन खेलमा पाँच अंक जोडेको मधेस प्रदेशले समूह‘बी’बाट सेमिफाइनलमा स्थान सुरक्षित गर्दा चार खेलबाट एक अंकका साथ बागमती पुछारमा रहँदै बाहिरिएको छ । 



  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १६:३७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया