काठमाडौं महानगरका मेयर बालेन शाहले आफू कुनै पनि दलमा आबद्ध नरहेको स्पष्ट पारेका छन् । सोमबार निर्वाचन आयोगको पत्रको जवाफमा उनले यस्तो बताएका हुन् ।
निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले ‘जय लौरो’ नामक फेसबुक पेजबाट बालेन शाहको समर्थन रहेको भनी प्रचारप्रसार गरेपछि आयोगले यसबारे बालेनसँग स्पष्टीकरण सोधेको थियो ।
सो पत्रको जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्धता नभएको र आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने भन्दै जवाफ पठाएका हुन् ।
शाहलाई पत्र लेख्दै आयोगले ‘इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आबद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।