logo-img

भैरहवा भन्सारले बरामद गर्‍यो दुई करोडभन्दा बढीको अवैध सामान

भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध दुई करोडभन्दा बढीको सामान बरामद गरेको छ । चोरी निकासीको सूचना र लोकेसनका आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका दुईवटा पिकअपसहित एक गोदामबाट ती सामान बरामद भएको हो । 

बिहान साढे ५ बजे भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले कपडा, सुर्ती, कपडा, जुत्ता, चप्पल, गुटखाका प्याकिङ सामान, रेक्सिनलगायत बरामद गरेको हो ।

बरामद सबै सामानको तथ्यांक संकलन भइरहेको छ । गोदाममा सामान मात्रै भेटिएकाले शंकास्पद व्यक्तिको पहिचान गरी मुद्दा दर्ता हुने प्रमुख पौडेलले बताए ।

ती सामान सबै लिलामी गर्ने भन्सार कार्यालयको तयारी छ । भैरहवा भन्सार कार्यालयमा आइरहने नियमित सामान नै गोदामबाट बरामद भएको छ । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार २१:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया