प्युठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु, ६ जना गम्भीर

प्युठानमा जिप दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । यीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप मंगलबार राति १ बजेतिर कुडापानीमा दुर्घटनामा परेको हो ।

घाइतेको बिजुवार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा रहेका ६ जनालाई बुटवल रिफर गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार ७:९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया