गिनाब्रीकाे ह्याट्रिकमा बायर्नकाे फराकिलाे जित

जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिकाे खेलमा बायर्न म्युनिख विजयी भएकाे छ । ऊ घरेलु मैदानमा एसभी वेर्डर ब्रेमेनविरुद्व ६-१ ले विजयी भएकाे हाे ।

एलियन्ज एरिनामा बायर्नलाई फराकिलाे जित दिलाउन सर्ज गिनाब्रीले ह्याट्रिक पूरा गर्दा जमल मुसियाला, लियाेन गाेर्ट्जका र म्याथिस टेलले एक/ एक गाेल गरे । वेर्डरका लागि एन्थोनी जंगले एक गाेल फर्काए ।

खेलकाे छैटौं मिनेटमै मुसियालाकाे गाेलमार्फत बायर्नले सुरुआती अग्रता लिएकाे थियाे । १० औं मिनेटमा जंगले वेर्डरलाई १–१ काे बराबरीमा ल्याए ।

१७ औं मिनेटमा एरिक म्याक्सिम चाेउपाे माेन्टिङ पेनाल्टीमा चुक्दा घरेलु टाेलीले अग्रता लिने अवसर गुमायाे । ​२२औं मिनेटमा गिनाब्रीले बायर्नलाई २–१ काे अग्रता दिलाए । २६ औं  मिनेटमा गाेर्ट्जकाले टाेलीका लागि तेस्रो गाेल गरे ।

२८ औं मिनेटमा गिनाब्रीले व्यक्तिगत दोस्रो गाेल गर्दा बायर्नले पहिलाे हाफमा ४–१ काे आरामदायी अग्रता लिएकाे थियाे । ८२ औं मिनेटमा गिनाब्रीले ह्याट्रिक पूरा गरेपछि बायर्न ५–१ ले अघि बढ्याे ।

८४ औं मिनेटमा टेलले गाेल गर्दै घरेलु टाेलीलाई ६–१ काे शानदार जित दिलाए । ​याे जितसँगै १४ खेलमा ३१ अंक जाेडेर शीर्ष स्थानमा कायम रहँदा पराजित वेर्डर समान खेलबाट २१ अंकका साथ साताैं स्थानमा छ ।



लिगअन्तर्गकै अन्य खेलमा उल्भ्सबर्ग, बाेचुम र स्टुटगार्टले पनि जित हात पारेका छन् ।



  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार ७:३६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया