राप्रपाको पक्षमा खुलिन् मनीषा कोइराला, काठमाडाैंसहितका चुनावी सभामा भाषण गर्ने

बलिउड अभिनेत्री तथा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाकी नातिनी मनीषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छिन् । 

उनले ट्विटरमार्फत्  राप्रपाको पक्षमा चुनावी अभियानमा सक्रिय हुने घोषणा गरेकी छिन् । आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको पक्षमा चुनावी अभियानमा सक्रिय हुनका लागि घर फर्कन लागेको उनले बताएकी छन् । 

उनले राप्रपाको पोखरा र स्याङ्जामा हुने सभा र कार्तिक २५ गते काठमाडौंको वसन्तपुरमा हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने निश्चित भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई उनले युवा र दूरदर्शी नेता भनेर प्रशंसा गरेकी छिन् । उनले लेखेकी छिन्, ‘राष्ट्रवाद र देशको ऐतिहासिक र सांस्कृतिक विरासतको राजेन्द्रको बुझाइले उनलाई देशका अन्य समकालीन राजनीतिज्ञभन्दा माथि राख्छ ।’

मनीषा कांग्रेसका संस्थापक नेता बिपी केइरालाकी नातिनी​ हुन् । कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला मनीषाका आफ्नै काका हुन् ।  उनका पिता प्रकाश कोइराला पनि लामो समय कांग्रेसको राजनीतिमा लागेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि प्रकाश केही महिना मन्त्री भएका थिए ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १७:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया