logo-img

निर्वाचन आयोगले आपूर्तिमन्त्री बडूलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई स्पष्टीकरण सोधेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर उच्च माविमा चुनावी सभा आयोजना गरेको भन्दै आयोगले बडूलगायत उम्मेदवार र सो विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको हो । 

आयोगले दार्चुलाका सत्ता गठबन्धनका उम्मेदवारलाई दुवै प्रदेश उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । सत्ता गठबन्धनबाट दार्चुलामा प्रदेश १ (क)मा नेपाली कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा १ (ख)मा नेकपा माओवादी केन्द्रका मानबहादुर धामी उम्मेदवार छन् । 



आयोगले उनीहरुसहित गोकुलेश्वर उच्च माविका प्रधानाध्यापक धनञ्जय जोशीसँग पनि स्पष्टीकरण सोधेको छ । 

आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न र प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र घटनाको प्रतिवेदन पेस गर्न पनि निर्देशन दिएको छ ।

विद्यालयका प्रधानाध्यापक जोशीलाई चुनावी सभालाई विद्यालय प्रयोग गर्न दिनुको कारण माग गर्दै कारबाही गर्न नपर्ने कारण भए पेश गर्न भनिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार २१:१०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया