रोहितको कप्तानीमा नेपाली टोली घोषणा

युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका नेपाली टाेली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरेको हो ।

टाेलीमा देव खनाल र बसिर अहमद नअटाउँदा कुशल भुर्तेल,ललितनारायण राजवंशी,कमलसिंह ऐरी,सागर ढकाल,भिम सार्की र अर्जुन साउदले पुनारागमन गरेका छन् ।

त्यस्तै,हरिशंकर साह पहिलो पटक राष्ट्रिय टाेलीमा अटाएका छन् । मधेस प्रदेशका साहले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

 तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज नाेभेम्बर १४,१६ र १८ मा हुनेछ ।

नेपाली टाेली 
रोहितकुमार पौडेल(कप्तान), ज्ञानेन्द्र मल्ल,कुशल भुर्तेल,आरिफ शेख,दीपेन्द्रसिंह ऐरी,करण केसी,सोमपाल कामी,ललितनारायण राजवंशी,आसिफ शेख,भिम सार्की,कमलसिंह ऐरी,सागर ढकाल, हरिशंकर साह,आदील अन्सारी,अर्जुन साउद,गुलसन झा 





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार ७:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया