कारको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार साँझ बा ७ च ०८१५ नम्बरको कारले बागमती प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

गम्भीर घाइते भएका मोटरसाइकल चालक सन्दीप बस्नेतको उपचारको क्रममा डा. ईवामुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

कार चालक भक्तपुर नगरपालिका–४ पोटरस्क्वायरका २० वर्षीय आयुष कायस्थलाई प्रहरीले पक्राउ गरेको छ ।  ​





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १३:१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया