नेपालमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन एक साता मात्रै समय रहँदा भारती सत्तारुढ दल भाजपाका एक नेता काठमाडौं आएका छन् ।
भारतका पूर्वरेलमन्त्री तथा राजनीतिज्ञ सुरेश प्रभाकर प्रभु आइतबार काठमाडौं आइपुगेका हुन् । चुनावको पूर्वसन्ध्यामा उनको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रभु इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ०३१ मार्फत उनी उनी दिउँसो साढे १ बजे काठमाडौं आइपुगेका हुन् ।
सन् २०१४ अघिसम्म शिवसेनासँग आबद्ध रहेका ६९ वर्षीय प्रभु २०१४ पछि भाजपाको राजनीतिमा सक्रिय भएका हुन् ।
उनी पेसाले चार्टर्ड एकाण्टेण्ट हुन् । उनी महाराष्ट्र राज्यका राजनीतिज्ञ हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।