logo-img

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

आइतबार इटहरीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । 

इटहरीको किरण फिंगर उद्योगमा काम गर्ने मोरङ विराटनगर उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय सनोज कुमार कामतको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । 

मेसिनको पङ्खा चलाउने क्रममा करेन्ट लागेर कामत गम्भीर घाइते भएका थिए । उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 



यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार २१:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया