बदर मत घटाउन सुर्खेतमा नमुना मतदान

मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लक्षित गर्दै सुर्खेतमा नमुना मतदान कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाका ९ स्थानीय तह मध्य ८ स्थानीय तहमा निर्वाचन आयोगले नमुना मतदान कार्यक्रम आयोजना गरेको हो । 

हालसम्म सुर्खेतको सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकवेसी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा नमुना मतदान कार्यक्रम आयोजना गरिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

वराहाताल गाउँपालिकामा भने मंगलबार नमुना मतदान कार्यक्रमको आयोजना गरिएको छ । मतदाता शिक्षा कार्यक्रम अन्र्तगत नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो ।

आयोगको आयोजनामा मंगलबार वीरेन्द्रनगर नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजित नमुना मतदान कार्यक्रममा ५२ जनाले मतदान गरेका थिए । 

नगरपालिकामा सेवा लिन आएका सेवाग्राही लक्षित गरी नमुना मतदान कार्यक्रमको आयोजना गरिएको थियो । यस्ताखाले कार्यक्रमले मतदानका विषयमा सूचना प्रवाह हुने र मतदानमा बदर मत घटाउन सहयोग पुग्ने चालिसेले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १७:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया