८४ वटा सञ्चारमाध्यममा आचारसंहिता प्रतिकूल सामग्री

८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको प्रेस काउन्सिल नेपालको जनाएको छ ।

आचारसंहिता विशेष अनुगमनका क्रममा कात्तिक २९ गतेसम्म १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन गरी ८४ वटा सञ्चार माध्यम र ५ वटा वेबपोर्टलबाट आचारसंहिता विपरितका सामग्री सम्प्रेषण भएको आयोगले जनाएको हो ।

तीमध्ये ६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ । दर्ता–सूचीकरण नभएका ५ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ र ३ वटा अनलाइन मिडियालाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको बताइएको छ । 

यस्तै, मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गराइएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका नयाँनयाँ प्रवृत्ति देखिएको आयोगले जनाएको हो । 

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताए । यस्तो बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्ने उनको भनाइ छ ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार २०:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया