logo-img

दाउरा काट्ने क्रममा मुढोले उछिट्याउँदा एकको मृत्यु

खोटाङमा दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु भएको छ । 

दाउराका लागि ढालेको रुखको मुढोले उछिट्याउँदा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ६१ वर्षीय रामकुमार राईको मृत्यु भएको हो । 

ढालेको रुख टुक्राउने क्रममा फेदतिरको मुढोले उछिट्याउँदा करिब सात मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए । 

शवको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १९:४२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया