इंग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई क्लबबाट निकाल्ने प्रक्रिया सुरु गरेको छ । एक अन्तर्वार्तामा पोर्चुगिज फरवार्ड रोनाल्डोले क्लबबारे विवादास्पद बयान दिएका थिए ।
बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको सो अन्तवार्तापछि रोनाल्डोलाई क्लबले निकाल्ने प्रक्रिया सुरु गरेको हो । क्लबले उनको सम्झौता रद्द गर्ने विषयमा कानुन व्यवसायीसँग छलफल गरेको छ ।
बेलायती अखबार डेली मेलका अनुसार रोनाल्डोलाई निकाल्ने विषयमा क्लबले प्रारम्भिक प्रक्रिया अघि बढाइसकेको छ ।
रोनाल्डोले क्लबबाट हरेक साता ५ लाख पाउण्ड पाउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।